अक्षय कुमार अभिनित फिल्म ‘ब्रदर्स’ १४ अगष्ट २०१५ मा रिलीज

brothers_1433926742एजेन्सी । अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र ज्याकलीन फर्नाडीज अभिनित फिल्म ‘ब्रदर्स’ को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा स्पष्ट छ कि यो फिल्म यस्ता दुई दाजुभाई डेविड फर्नाडीज (अक्षय कुमार) र मोन्टी फर्नाडीज (सिद्धार्थ मल्होत्रा) को कथामा छ जुन देबै फाइटर्स हुन्छन् ।

बचपनमा दुबै दाजुभाई एकअर्कामा धेरै माया गर्छन् । तर, समयको साथ–साथै उनीहरुबिच झगडा बढ्दै जान्छ । एउटा समय यस्तो आउँछ दुबै दाजुभाई आमुने–सामुने रिंगमा उभिन्छन् । त्यस फाइटिंग मा जीत कसको हुन्छ यो त रिलीजपछि मात्र थाहा हुन्छ ।

जेकी श्राफ फिल्ममा अक्षय र सिद्धार्थको भूमिकामा हुनेछ । जैकलीन अक्षयको श्रीमतीको रोलमा देखिनेछिन् । ‘ब्रदर्स’ डाइरेक्टर करण मल्होत्रा को फिल्म हो । जसलाई करन जौहर र हीरू जौहरले एन्डेमोल इन्डियाको साथ मिलेर प्रोड्यूस गरिएको छ । फिल्म १४ अगष्ट २०१५ को रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: