आज पनि भूकम्पको कडा धक्का

05काठमाण्डौ । विनाशकारी भूकम्पपछि आएका पराकम्पहरु विस्तारै कम हुदै गएपनि अझै रोकिएको भने छैन । यसैक्रममा आज २ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

आज दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको पराकम्पन गएको छ ।

सो पराकम्पन सिन्धुपाल्चोक, दोलखा, काभ्रे र काठमाडौं उपत्यकाका केही क्षेत्रमा महसुस भएको थियो । यसअघि बिहान २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक नै केन्द्रबिन्दु भएको ४.१ रेक्टरको पराकम्पन गएको थियो । यो सँगै गत बैशाख १२ यता ४ रेकटर भन्दा माथिका ३ सय ७ वटा पराकम्पन गएको केन्द्रका प्रमुख लोक विजयी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: