झापामा हात्ती आतङ्क, सामाधानप्रति ध्यान गएन

04प्रकाश उप्रेती/
विर्तामोड । झापाको पूर्वीउत्तर गाविस बाहुनडाँगी, शान्तिनगर जङ्गली हात्तीले उपद्रो गर्दा किसानले लगाएको खबौं मूल्यबराबरको क्षति पुगेको छ । पाक्न लागेकोे मकै बाली चैते धानसहित केरा, सुपारी, कटहरलगायत फलफूल खाँदा लाखौ मूल्यको घाटा सहनुपरेको कृषको भनाई छ ।

जनशक्तिको अभावमा बाली लगाउँदा खर्च त गर्नै प¥र्यो । बाली थन्क्याउँदा परिवारको भरणपोषण र जीवीकोपार्जन गर्न मद्दत गर्ला भन्ने सोचेर बाली लगायो । पाक्ने बेलामै उसले नस्ट गरिदिन्छ बाहुण्डागी –८ का प्रेम पौडेलले भने–‘ खर्च र मेहनत गरेर लगाएको बाली उठाउनै पाइन्दैन उता परिवार भोक–भोकै बस्नुपर्ने स्थिति आउँछ ।’ मेची सीमापारी भारतबाट हरेक साँझ नेपाल पस्ने हात्तीको बथानले खेतमा पाकिसकेको अन्नपात नस्ट गरेको छ ।

केहीदिन यता बाहुण्डागी गाविसले ट्याक्टरमा पेट्रोलको व्यवस्था मिलाउने भएपछि दर्जनौँको संख्यामा आउने हात्ती लखेट्न स्थानीयले ट्याक्टर प्रयोग गर्न सुरु गरेका छन् । भारतको आसामदेखिका हात्ती मेचीबाट सोझै बाहुनडाँगी गाविस प्रवेश गर्नेको आतङ्कबाट त्यहाँ सर्वसाधारण पीडित बनेका छन् ।

बाली लगाउने समयमा छिट्पुट रुपमा आउने हात्ती बाली पाकेर थन्क्याउने समय हात्तीले बाली खाएर नस्ट गरेपछि त्यहाँका बासिन्दा आतङ्कीत बनेका छन् । ३० हजार जनसंख्या रहेको बाहुनडाँगी गाविसका ५४ जना सर्वसाधरणको हात्तीले ज्यान लिइसकेको छ । त्यसैगरी अबौंको धन सम्पति समेत नस्ट गरेको छ ।

कृषक ठेक्कापट्टा र व्यापारतिर

चार दशकयता निरन्तर त्यहाँका कृषक हात्तीको उपद्रो सहेर बस्न बाध्य स्थानीयले नयाँ उपाय अपनाउन थालेका छन् । हात्तीले पाक्न लागेको बाली वर्षेनी नस्ट गरेपछि परिवारको भरणपोषणमै समस्या भोग्दै आएका सर्वसाधरणले व्यापार व्यवसायमा हात हालेको पाइन्छ ।

पाकेर थन्क्याउने बेलाको अन्नबाली नस्ट गर्ने मात्रै होइन पर्खाल लडाएर भएपनि वर्षभरी पुग्ने जोह गरेको घरभित्रको अन्नसमेत नस्ट गरेपछि किसानले व्यवसायमा हात हालेका हुन् ।

न्यूनिकरणको उपाय प्रभावकारी भएन

हात्तीको उपद्रो न्यूनिकरण गर्ने उद्देश्यले नेपाल सरकारले २०६३÷०६४ सालमा तत्कालिन सभाषद धर्म घिमिरेको संयोजकत्कमा ४० लाख लागतमा काँकरभिट्टास्थित मेची नदीको किनारदेखि तरिङसम्म १७ किलोमिटर फेन्सीङ तारवार निर्माण गरेको थियो ।

तारवार निर्माणपछि स्थानीयले हात्तीलाई बचाउनुपर्छ भन्दै केहीदिनपछि निर्माण गरेको तारवार भत्काएका थिए । तारवार भत्काएपछि हात्ती आउनेक्रम नरोकिएको हो । तारवार प्रभावकारी हुन्थ्यो या हुँदैनथ्यो त्यो त अनुमान लगाउनै सकिएन स्थानीय एकजनाले भने–‘एकमहिनासम्म हात्ती आउन छोडेपछि तारवार रातारात ट्याक्टर प्रयोग गरेर भत्काएपछि हात्ती आउन थाले ।

’ त्यसपछि हात्तीको आतङ्क न्यूनिकरण गर्ने उद्देश्यले बाहुण्डाँगीको गाडागल्लीमा गत २०७१ कार्तिकमा वनमन्त्री महेश वस्नेतले १ करोड ४० लाख बराबरको सोलार फेन्सी तारवारको शिलान्यास गरेका थिए ।

शिलान्यास गरेको ६ महिना वित्तिसक्दा पनि निर्माण सुरु गरिएको छैन । बाहुण्डाँगीका हात्तीबाट आक्रन्त बनेका सर्वसाधरणले केहीदिनअघि शिलान्यास गरेर सुरक्षित गरेको ठाउँ भत्काइदिएका छन् । गाडागल्लीमा एकमहिनामा निर्माण सुरु गर्ने भनेर शिलान्यास गरिएको सोलार फेन्सी तारावार निर्माण गर्न सुरसार नगरेको भन्दै शिलान्यासस्थल भत्काएका हुन् । बाहुण्डाँगीका सर्वसाधरण लामो समयदेखि निरन्तर हात्तीको आतङ्कको प्रकोपमा छन् ।

बाहुण्डाँगीबाट धपाइएका हात्ती शान्तिनगर, मेचीनगर, बुधबारे लगायतका गाविसमा पुग्ने र त्यहाँ आतङ्क मच्चाउने गरेको छन् । ती गाविस र नगरपालिकाका करिव ४ लाखबढी सर्वसाधारणलाई हात्तीले पीडित बनाएको सर्वसाधरणको भनाई छ ।

समाजलाई विभाजीत ग¥यो

हात्ती आतङ्क न्यूनिकरणका लागि बाहुण्डाँगीबासीले नै पहल गर्नुपर्ने अहिलेको आवश्यकता हो । तर, त्यहींका सर्वसाधरण हात्ती धपाउने र नधपाउने विषयमा विभाजीत बनेका छन् । बाहुण्डाँगीका सर्वसाधरण एकठाउँमा उभिन नसकी दुई खेमामा विभाजीत भएकै कारण आज हात्ती आतङ्क ज्यूका त्यूँ भएको हो ।

बाहुण्डाँगीमा केहीबर्ष यता अर्जुन कार्कीलगायतका स्थानीय प्रकृति संरक्षण समाज नामक संस्था सञ्चालनमा आएपछि बाहुण्डाँगीका सर्वसाधरण दुई खेमामा विभाजीत बनेका हुन् । हात्ती आतङ्कबाट प्रताडित बनेको सर्वसाधरणले प्रकृति संरक्षण समाजले हात्ती संरक्षणका लागि आएको विदेशी सहयोग हात्तीको आतङ्क न्यूनिकरणमा खर्च नगरेको आरोप लगाउँदै आएका छन् ।

समाजले हात्तीको आतङ्कलाई सोझै स्वीकार्दा अन्य सर्वसाधरणको घर तथा अन्य भौतिक सम्पति तहसनहस बनाएपछि उनीहरु पीडित भएको बताउँन्छन् । यता प्रकृति संरक्षण समाजले हात्ती सबैका लागि लोपहुने वन्यजन्तु भएकाले उसलाई मार्न नहुने र धपाउनुपर्ने धारणा अघि सारेको छ ।

परिवारले राहत पाएनन्

नेपाल सरकारको वन मन्त्रालय तथा वन्य जन्तु आरक्षण केन्द्रले हात्तीको आतङ्कबाट ज्यान गुमाएकाको परिवारलाई जनही ३ लाख, घाइते अवस्था हेरेर ५० देखि माथि र सामान्य घाइतेलाई ५ हजार दिने भनिएपनि अधिकांश हात्तीपीडित परिवारले राहत रकम नपाएको गुनासो गर्दै आएका छन् ।

त्यसैगरी भौतिक रुपमा बनाइएका घर, कटेरो भत्काउनुका साथै लगाएको अन्नपात खाएर नस्ट गर्दै आएको छ । उनीहरुलाई समेत सम्बन्धित निकायले क्षतिपूर्ति नदिएको भनाई छ ।

विद्यार्थी विद्यालय जादैनन्

हात्ती आतङ्ककै कारण विद्यालयमा विद्यार्थीको उपस्थिति कम हुन थालेको बाहुण्डाँगी पौडेलको भनाई छ । बाहुण्डागीमा ३ वटा विद्यालय सञ्चालनमा छन् । झोलामा किताव बोकेर विद्यालय जादै गरेको समयमा हात्तीको आक्रमणमा पर्ने डरले अभिभावकले आफ्ना नानीलाई विद्यालय पठाउन छोडेका हुन् ।

पठनपाठन हुदै गरेको समयमा हात्ती आएर हल्ला हुँदा पठन–पाठन प्रभावित हुदै आएको छ । कतिपय अभिभावकले आफ्ना नानीहरु हात्ती आक्रमणको सिकार हुनु नपरोस भनी पठ्नका लागि अर्कै गाविसमा रहेका आफन्त र शहर पठाउँदै आएका छन् ।

किसान बाली परिर्वतनतिर

हात्ती आतङ्कबाट प्रताडित बनेका बाहुण्डागीका सर्वसाधरणले बाली परिवर्तन गर्न सुरु गरेका छन् । पाकेर थन्क्याउने बेलामा अन्नपात हात्तीले खाएर क्षति गरेपछि सर्वसाधरणले धान, मकैलगायतका अन्नबाली आंशिक रुपमा लगाउन छोडेर चिया, सुपारी, बाँस तथा विरुवा रोप्न थालेका हुन् ।

वर्षेनी खर्च गरेर लगाएको अन्नबाली पाक्ने बेलामा हात्तीले सखाप बनाइदिने गरेकाले बाली नै परिर्वतन गर्नुपरेको तेजप्रसाद हुमागाईले बताए । विगतमा हात्तीलाई आउने बाटोआसपासमा स्थानीयले खुर्सानी, चिया, पाटा, अम्लिसो लगायतका विभिन्न खेती गरेका थिए ।

युवा विदेश पलायन हुँदा जनशक्तिको अभाव

हात्तीको आक्रमण खेप्दै आएका स्वारोजगार बनेका युवासमेत जोखिमबाट टाडा हुन विदेशिएका छन् । बाहुण्डाँगीबाटै धेरै युवा युवति विदेशिएका सर्वसाधरणको भनाई छ । हात्ती आउँदा दिन, रात नभनी हात्ती धपाउन व्यस्त हुने युवा विदेशिएपछि भुन् समस्या आउने उनीहरुको भनाई छ ।

गाविसले हात्ती धपाउन लाइट, सामान्य रुपमा पेट्रोल उपलब्ध गराउने गरेको छ । तर, आक्रमणको सिकार बन्नु नपरोस भनी युवा विदेश पलायन भएपछि जनशक्तिको अभाव भएको छ ।

उपचारका लागि अस्पताल छैन

हात्तीको आक्रमणबाट घाइते भएकाको उपचारका लागि बहुण्डाँगीमा हस्पिटल नहुँदा विर्तामोड धाउँदै आएका छन् । कुनैपनि वेला परिवारको कुन सदस्य आक्रमणमा पर्ने हो थाहा छैन हुमागाईले यदी आक्रमणमा परियो भनेपनि उपचारकै अभावमा घाइतेको ज्यान गएको कतिपय उदाहरण छन्, त्यसतर्फ अहिलेसम्म कसैको ध्यान जान सकेको छैन ।

स्वास्थ्य चौकी मात्रै छ । अनुभवी र आवश्यक परे शल्याक्रिया गर्ने विषेशज्ञ डाक्टर पनि छैनन् । हात्ती आक्रमण परेकामध्ये केहीको उपचारकै अभावमा ज्यान गएको छ ।’ हस्पिटल नै बनाएपनि हात्ती आक्रमणमा पर्ने डरले विषेशज्ञ डाक्टर बस्न नसक्ने स्थानीयको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: