प्रचण्डसँगको पार्टी एकता प्रक्रिया भंग भएको बैद्यको घोषणा

0000काठमाण्डौ । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले एमाओवादीसँगको एकता प्रक्रिया भंग भएको घोषणा गरेको छ । साथै पाँच माओवादीको एकता मोर्चाको औचित्य सकिएको समेत बैद्यले बताए ।

प्रमुख चार दलबीच संविधानको विवादित विषयमा भएको १६ बुँदे सहमतिप्रति पार्टीको धारणा सार्वजनिक गर्न बुधबार पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित पत्रकार भेटघाटमा बैद्यले अब एकता प्रक्रिया अघि नबढ्ने स्पष्ट गरे ।

‘उहाँ (प्रचण्ड)ले हामी संविधान निर्माणको दिशामा जाँदैनौं, हामी संसदवादी दिशामा जाँदै भन्नु भएको थियो’ वैद्यले भने ‘हामीमाथि गम्भीर विश्वासघात भयो, अब पार्टी एकता हुन सक्दैन ।’
एमाओवादी अध्यक्ष प्रचण्डसँग संसदवादी कित्तामा नजाने कुरा मात्र नभई नयाँ जनवादी कार्य्दिशामा समेत कुराकानी भएको वैद्यको दावी थियो ।

‘पार्टी एकताका लागि एमाओवादीसँग झण्डै एक वर्षअघिदेखि गम्भीर कुराकानी भएको थियो’ वैद्यले भने ‘उहाँले दुई जिब्रे नीति लिनु भएको रहेछ ।’

प्रतिक्रिया दिनुहोस्: