बिद्यालयको अध्यक्षमा तिम्सिना

pawan timsinaबुधबारे । झापा बुधबारे–३ स्थित त्रिभुवन माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खड्गबहादुर तिम्सिना पुनः चयन भएका छन् । सोमबार सम्पन्न अभिभावक भेलाबाट सम्पूर्ण कार्य समिति सर्वसम्मत चयन भएका हुन् ।

समितिको सदस्यमा नरेन्द्र भट्टराई, गोपाल खाती, विमला अधिकारी, शरद मगर लगायत छन् । बाँकी सदस्य मनोनयन गरिने जनाइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बुधबारे आदर्श उच्चमाविका प्राचार्य धनबहादुर श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन झापा उपाध्यक्ष गोपाल प्याकुरेल, काङ्ग्रेसका योगप्रसाद खतिवडा, एमालेका चिन्तामणि नेपाल, एमाओवादीका वीरेन्द्र घतानी, राप्रपा नेपालका नन्दकुमार तिम्सिना, नेकपा माओवादीका हरिप्रसाद बोलखे, खड्गबहादुर बराल, बासु नेपाल, पदमतुलाधर, केशव सिँजाली, विद्यालयका सहायक प्रधानाध्यापक माधव अधिकारी, खडानन्द वाग्ले लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक दीपक पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: