मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

02नवलपरासी । नवलपरासीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका– १ को भित्री सडकमा मंगलबार राति उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना १७ प ९३ ६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टदा चालक २६ वर्षका सोमबहादुर रायमाझीको मृत्यु भएको हो ।

देवचुली नगरपालिका १ बस्ने रायमाझीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार सोही ठाउँका २६ वर्षका पारस गुरौ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: