विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा

03काठमाण्डौ । आसन्न टी–२० विश्वकप छनोटका लागि पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा भएको छ । १५ सदस्यीय टोलीमा सिद्धान्त लोहनी नयाँ अनुहारका रुपमा आएका छन् । अनिल मण्डल, जितेन्द्र मुखिया र प्रदिप ऐरी पनि टोेलीमा परेका छन् ।

टोलीका अन्य सदस्यहरुमा शरद भेसवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सुवास खकुुरेल, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी र राजेश पुलामी मगर छन् । पृथु बास्कोटा, मेहबुब अलम, भुवन कार्की र अभिनाश कर्ण भने बैकल्पिक खेलाडीमा परेका छन् ।

२२ सदस्यी प्रारम्भिक टोलीमा परेका महेश क्षेत्री, हरिशंकर शाह र सौरभ खनाल भने टीममा पर्न सकेनन् । टी–२० विश्वकप छनोटमा नेपाल समूह एमा परेको छ । समूहमा आयरल्याण्ड, हङकङ, पपुवा न्यूगिनी, नामिबिया, अमेरिका र जर्सी छन् । नेपालले आफ्नो पहिलो खेलमा जुलाइ १० मा अमेरिकाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्: