हात्तीको आक्रमणबाट दुईजनाको मुत्यु

hhझापा । इलाममा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मुत्यु भएको छ । इलामको चुलाचुलीमा हात्तीले आक्रमण गर्दा चुलाचुली ६ पेल्टीमारीकी ४२ वर्षीया प्रीति लिम्बु र चुलाचुली ४ तिनकुनेकी ३२ वर्षीया धनमाया लावतीको मुत्यु भएको हो ।

दाजुको घरमा वास बसेर घर फर्कदै गर्दा धनमायालाई बिहान हात्तीले आक्रमण गरेको थियो । भने बिहान छिमेकीकहाँ पानी लिन गएकी प्रीतिलाई पनि सोही हात्तीले आक्रमण गरेको प्रहरी चौकी चुलाचुलीले जनाएको छ ।

गाउँलेले लखेटेपछि हात्ती चुलाचुली उत्तरको चुरे क्षेत्रतिर भागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: