काठको घोचा प्रहारबाट एकको मृत्यु, अभियुक्त पक्राउ

10दोलखा । मर्वु–५ बस्ने ५१ वर्षीया डोल्मा शेर्पाको कुटपिटबाट मृत्यु भएको छ । उनलाई बुधबार सोही ठाउँ बस्ने ५३ वर्षीय पासनिमा शेर्पाले पुरानो रिसिइवीको विवादमा काठको घोचाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्य भएको थियो । अभियुक्त पासनिमा शेर्पालाई नियन्त्रणमा लिएर प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्: