बाढीले दुई दर्जन बढी चौपाया बगायो

06सोलुखुम्बु । सोलुखुम्बुकोे हुगा खोलामा आएको बाढीले दुई दर्जन भन्दा बढी चौपाया बगाएको छ । २० रोपनी जग्गाको अन्नबाली समेत सखाप भएको छ । बुङ १ साद्दीका बासिन्दाले पालेका १८ वटा माउ बाख्रा र ८ वटा पाठाहरु बगाएको हो ।

ती बाख्राहरु साद्दीकै लक्ष्मण बस्नेत, प्रेम कुमार बस्नेत, सिंह बहादुर बस्नेत र नारायण बस्नेतको रहेको बताईएको छ । यस्तै एक हल गोरु र एउटा भैसी आहालमा डुबेको अबस्थामा निकालिएको छ । बाढीले गुदेल ९ को नाम्लुङ पुच्छार हुँगेश्वरदेखि सिम्मलदोसम्मको २० रोपनी जग्गामा लगाएको अन्नबाली समेत बगाएको छ । मानवीय क्षती भने अहिलेसम्म प्राप्त नभएको ईलाका प्रहरी कार्यालय सोताङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: