सिद्धीनहरमा पानी बन्ग थालेपछि……………..

ssबिर्तामोड । इलामको सिद्धीखोलाको पानी झापा बाहुनडागीका कृषकहरुले प्रयोग गर्न पाएपछी यतिबेला बाहुनडागीबासी उत्साहित बनेका छन् । बहुप्रतिक्षित सिद्धीनहर सिंचाई आयोजना सञ्चालनमा आएपछि झापा बाहुण्डाँगीका कृषक उत्साहित बनेका हुन ।

बिक्रम सम्वत् २०६२ सालदेखि निर्माण कार्य सुरु भएको सिद्धीनहरमा पानी चल्न थालेपछि कृषकमा उत्साह छाएको हो । दुई चरणमा गरी ४३ करोड रुपैयाँ खर्च भएको सिद्धी नहर आयोजनाबाट बाहुनडाँगीको २६ हजार हेक्टर जमिन सिञ्चित हुने भएको छ ।

भौगोलिक बिकटताका बावजुत कठिन मेहनतका साथ निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको मूल नहर इलाम जिल्लाको जिर्मले गााबिसबाट झापाको बाहुनडाँगीसम्म कूल लम्बाई २२ किलोमिटर रहेको छ ।

११ वटा शाखा नहर विस्तार गरिसकिएको बताउँदै पूर्वाञ्चल सिंचाई डिभिजन झापाका प्रमुख कुञ्जनभक्त श्रेष्ठले बताए ।
यसैबीच सिंचाई मन्त्रालयका सचिव माधवप्रसाद रेग्मीसहितका सरकारी अधिकारीको टोलीले आइतबार सिद्धीनहरको मुहान पुगेर निरीक्षण भ्रमण गरेका छन् । मन्त्रालयका सचिव रेग्मीले सिद्धीनहरलाई बृहत्त–मझौला सिंचाई आयोजना नीति अवलम्बन गरेर सञ्चालन गर्नुपर्ने धारणा राखेका थए ।

प्रतिक्रिया दिनुहोस्: