सिन्धुपाल्चोकमा फेरि भूकम्पको कडा धक्का

05काठमाण्डौ । सिन्धुपाल्कलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.६ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १० बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पको धक्का महशूस भएको हो ।

काठमाडौं उपत्यकासहित काभ्रे, सिन्धुपाल्चोक, रसुवालगायतमा धक्का महशूस भएको थियो । यसअघि मध्याराति दोलखा केन्द्रबिन्दु बनाएर १२ बजेर २६ मिनेटमा ४ रेक्टर स्केलको धक्का महशूस भएको हो ।

प्रतिक्रिया दिनुहोस्: