अभिनेत्री तथा गायिका जेनिफरलाई दुई बर्षको सजाय

1211jennifer-एजेन्सी । अभिनेत्री तथा गायिका जेनिफर लोपेजलाई आफ्नो एउटा भरखरै सकिएको म्यूजिक परफमेन्स महगो पर्न सक्ने भएको छ । उनले २९ मे मा मोरक्कोको राजधानी रावातमा मवाजीन वर्ल्ड रिदम्स इन्टरनेशनल म्यूजिक फेस्टिवलको लागि आफ्नो डान्स परफमेन्स दिएकी थिइन् ।
यसको प्रत्यक्ष प्रशारण टीवी च्यानलले गरेका थिए । तर, मोरक्कोका प्रधानमन्त्री अब्देला बेन्कीरानेलाई त्यो मन परेन र उनले भने ‘जेनिफरको डान्स अश्लील र अपमानजनक छ ।’ उनले यस्तो डान्सले समाजमा बिकृति ल्याउने बताए ।

अब्देलाले कानुनी कारवाहीमा हाई अथोरिटी अफ अडियो भिजुअल कम्यूनिकेशनलाई अपराधी घोषित गर्दै यदी जेनिफर पनि दोषि ठहरीएमा २ बर्षसम्मको सजाय हुने एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: