काँग्रेस पार्टी कार्यालयमा तोडफोड

kचितवन । नेपाली काँग्रेस चितवनको क्षेत्रीय कार्यालयमा शुक्रबार तोडफोड भएको छ । अज्ञात समूहले फूलबारीमा रहेको क्षेत्रीय कार्यालयमा तोडफोड गरेको काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङले जानकारी दिए । सो क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र हो ।

कोइरालाले विजयी भएर सिट छाडेपछि रामकृष्ण घिमिरे उपचुनावमा विजयी भएका थिए । तोडफोडबाट झ्यालका सिसा फुटेका छन् । टेबल कुर्सीमा समेत क्षेति भएको सभापति गुरुङले बताए । तोडफोड गर्ने समूहको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कुन उद्देश्यले तोडफोड गरिएको भन्नेबारे जानकारी नआएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्षतिको विवरण सङ्कलन भइरहेको काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: