जाली नोट कारोवारमा नेपाल प्रहरी

jकाठमाण्डौ । नेपाल र भारतमा हुने जाली नोटको कारोवारमा नेपाल प्रहरीको संलग्नता रहेको भारतले दाबी गरेपछि यतिबेला नेपाल प्रहरीमा खैलाबैला मच्चिएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले नेपाल प्रहरीका एआइजी रमेश शेखर बज्राचार्यको नामनै उल्लेख गर्दै समाचार छापेपछि प्रहरीले विभागीय अनुसन्धान शुरु गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरिक्षक कमलसिंह बमले यस प्रकरणबारे मिडियाबाट जानकारी आफूहरुले पाएको बताउँदै यसमा आवश्यक अनुसन्धान प्रहरीले शुरु गरिसकेको जानकारी दिए ।

बमका अनुसार नेपाल प्रहरीमाथि आरोप लागेपछि यस विषयमा गम्भिरताका साथ अनुसन्धान भइरहेको र कोही दोषी पाए, उनीहरुमाथि कडा कारवाही हुने बताए । ‘हामीले अनुसन्धान गरिरहेका छौं । सोधपुछदेखि लिएर सबै कुरा भइरहेको छ । बमका अनुसार अनुसन्धानको भइरहेको र अनुसन्धान पछी मात्र यस विषयमा थप कुरा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्: