झापाको चन्द्रगढीमा गोली चल्यो

00बिर्तामोड । अपराधी र प्रहरीबिच झापाको सदरमुकाम चन्द्रगढीमा विहीबार साँझ गोली चलेको छ । प्रहरीले मोटरसाइकल चोरी अभियोगका फरार एक अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो ।

झापाको राजगढ घर भई चन्द्रगढी बस्दै आएका केरुङ थरका ती व्यक्तिले गएको पुसमा स्थानीय एक व्यक्तिकोे मोटरसाइकलल चोरी गरेका थिए । उनले मोटरसाइकल झापाकै घेराबारीका एक व्यक्तिलाई बिक्री गरेको खुलेपछि केरुङ फरार रहेका थिए ।

फरार रहेको केरुङलाई पक्राउ गर्न खोज्दा आक्रमण गरेकाले प्रहरीले फाइरिङ गरेको प्रहरी श्रोतले जानकारी दियो । फाइरिङका क्रममा केही प्रहरी समेत घाइते भएको बुझिएको छ । तर, प्रत्यक्षदर्शीले भने प्रहरीले पक्राउ गर्न खोज्दा केरुङले प्रहरीमाथि गोली चलाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: