टिपरको ठक्करबाट एककोे मृत्यु

010सिरहा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकामा टिपरको ठक्करबाट शुक्रबार बिहान एक पैदलयात्रुको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ६० वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

पूर्वतर्फ जाँदै गरेका ना ३ ख. ९१४४ नम्बरको टिपरले ठक्कर दिएर उनलाई घाइते बनाएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगर लग्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई गोलबजार प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: