दलहरुलाई केही गुमेजस्तो र केही पाएजस्तो लाग्नु स्वाभाविकः भट्टराई

baburamकाठमाण्डौ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले संविधानसभामार्फत संविधान प्राप्त गर्ने जनताको चाहना बल्ल पुरा भएको बताएका छन् । समितिले तयार पारेको प्रतिवेदन संविधानसभामा पेस गरेपछि बिहिबार अबेर बैठकलाई सम्बोधन गर्दै सभापति भट्टराईले भने, ‘अब संविधान जारी हुने बाटो खुला भयो, यसले देशलाई स्थायित्व प्रदान गर्दै आर्थिक समृद्धिको बाटो खुला गरेको छ ।

’दलहरुबीच भएको सहमति सम्झौताका रुपमा आएको चर्चा गर्दै उनले त्यसबाट दलहरुलाई केही गुमेजस्तो र केही पाएजस्तो लाग्नु स्वाभाविक भएको बताए । “यो सहमतिबाट म व्यक्तिगत रुपमा सन्तुष्टि छैन तर बहुदलीय प्रतिष्पर्धाको राजनीतिमा सन्तुष्टि लिनै पर्छ” उनले भने ।

सभापति भट्टराईले देशले अहिले राष्ट्रिय एकता खोजेको छ , संविधान निर्माणका लागि समितिमा समितिमा भएको सहमतिले यही कुरालाई सङ्केत गरेको बताए । यसैबीच बैठकमा समितिका सभापति भट्टराईले पेश गरेको प्रतिवेदनमाथि आजदेखि छलफल हुँदै छ । बैठक अपराह्न ३ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: