दशनामी समाजको प्रथम शनिअर्जन नगर कमिटी गठन

d1
बिर्तामोड । झापाको शनिअर्जुन नगरपालिकामा दशनामी समाज नेपालको प्रथम नगर अधिबेशन सम्पन्न भएको छ । शुक्रबार शनिश्चरेमा भएको अधिबेशनले १७ सदस्यीय नगर समिति निर्माण गरेको हो । अधिबेशनले नेत्र गिरीलाई अध्यक्षमा मनोनित गरेको छ भने उपाध्यक्ष, सचिब, सह–सचिबमा क्रमश राधा गिरी, इन्धन गिरी र सीता गिरी रहेका छन् ।

त्यसैगरी सदस्यमा कृष्ण गिरी, मेनुका गिरी, उद्धब पुरी, भरतकुमार गिरी, होमप्रसाद गिरी, कृष्ण गिरी, समिर बन, डिकामाया गिरी र मेघनाथ गिरी रहेका छन् भने कोषाध्यक्षसहित ३ सदस्यीय पछि थप गरिने जनाइएको छ ।
दशनामी समाज नेपालकाका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथि रहेको कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का सभाषद प्रेम गिरी बिशेष अतिथि तथा जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरी अतिथि रहेका थिए ।
अधिबेशनमा जिल्ला सदस्य प्रकाश पुरीले दशनामीहरुलाई प्रत्येक स्थानमा हेर्ने दृष्ट्रीकोण फरक–फरक भएको बताए ।

उनले दशनामीको बंशावली नभएको बताउदै एकबर्ष भित्र बंशावली तयार गर्ने बताए । जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीले दशनामीको महाअधिबेशनले बिभिन्न नामबाट सञ्चालित दशनामीहरुका संघ÷संगठनलाई अब एउटै दशनामी समाजमा एकताबद्ध गराउने निणर्य गरेको बताए ।

अध्यक्ष गिरीले पुराण लगाउने र त्यो पुराण सफल भए जिल्ला समितिले सार्वजनिक शीवालय मन्दीर र अतिथिगृह बनाउने बताए । उनले भने ‘प्रतिघर धुरीबाट प्रत्येक बर्ष ३ सय ६० रुपैयाँ संकलन गर्नका लागि सबै दशनामीहरुको नामावली तयार गर्नेछौं ।’ त्यसरी संकलित रकमलाई संगठनको हितका लागि खर्च गरिने उनले बताए । झापा क्षेत्र नम्बर ४ का सभाषद प्रेम गिरीले आफ्ना अग्रजहरुले यहाँसम्म ल्याएको दशनामी समाजमा सबै एकजुट भएर अघि बढ्नु पर्ने बताए । उनले संगठनलाई अगाडी बढाउन आफुले के कस्तो भुमिका खेल्नु पर्ने तयार रहेको बताए ।

त्यसैगरी केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि गोबिन्दबिक्रम गिरीले ७५ जिल्ल मध्ये ७४ जिल्लामा दशनामीहरु रहेको तथाङ्कको जानकारी दिए । दशनामी नरहेको जिल्ला मुस्ताङ भएको उनले बताए । उनले भूकम्प पीडितका लागि दशनामी समाजले ८ लाख रुपैयाँ राहत दिएको बताउदै दमकमा २ जना बालबालिकालाई पनि दमक नगर कमिटीले सहयोग गरेको बताए ।

उनले मर्दा र पर्दा एकजुट हुने र बंशछेदी कार्य कहिले नगर्न सबैमा आग्रह समेत गरे । जीवनाथ गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यप्रसाद गिरी, निर्जलादेबी बन, जिल्ला सदस्य टेबबहादुर गिरी, बरिष्ठ जिल्ला सल्लाहकार लबकुश गिरी, लगायतले बोलेको कार्यक्रमको सञ्चालन प्रदीप पुरीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्: