पालमा भ्रष्टाचार गर्नेलाई कारबाही माग

01काठमाण्डौं । व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल खरिद तथा वितरणमा संगठित रूपमा भ्रष्टाचार भएको ठहर गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।सरोकारवाला मन्त्रालय तथा कर्मचारीको मिलोमतोमा चरम भ्रष्टाचार भएको भन्दै समितिका सदस्यले छानबिन गरी ’दोषी’ मन्त्री र उच्च पदस्थ कर्मचारीमाथि हदैसम्मको कारबाही गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री सुशील कोइरालाले राहतमा भ्रष्टाचार गर्नेमाथि कारबाही गर्ने आश्वासन दिए पनि कसैमाथि कारबाही गर्न नसकेको भन्दै समितिका सदस्यले कोइरालाप्रति आक्रोश पोखेका थिए । समितिका सदस्यले गृह, सहरी विकास, अर्थ र वाणिज्य तथा आपूर्ति मन्त्रालयले राहत वितरण तथा खरिदमा ठूलो चलखेल गरेको भन्दै चारवटै मन्त्रालयका मन्त्रीसहित सचिवलाई डाकेर यथार्थ विवरण माग गर्न समितिका सभापतिलाई सुझाव दिएका थिए ।

राहतका नाममा विभिन्न मुलुकले नेपाललाई उपलब्ध गराएका त्रिपाल, टेन्टलगायतका सामग्रीको यथार्थ विवरणका साथै सहरी विकास मन्त्रालयले आफैं खरिद गरेको र कहाँ कति परिमाणमा कुनकुन बस्तीमा त्रिपाल वितरण गरिएको हो त्यसबारे दुई दिनभित्र विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिका सदस्यले त्रिपाल खरिद तथा वितरणमा राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनलाई आधार मानी दोषीमाथि कारबाही गर्न प्रधानमन्त्री कोइरालासँग माग गरेका छन् । ’त्रिपाल र टेन्टमा ठूलो अनियमितता भएको गुनासो आएकाले अर्थ, गृह, सहरी विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिनभित्र विवरणसहित उपस्थित हुन निर्देशन दिइएको छ’, सभापति शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्: