प्रभानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता

08कठमाण्डौ । प्रधानमन्त्री सुशील कोइराला र भारतीका प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार साँझ टेलीफोन वार्ता भयो । प्रधानमन्त्री कोइरालाले आफ्ना भारतीय समकक्षीलाई टेलिफोन गरेर भूकम्पपछिको पुनःनिर्माण, पुनः स्थापना तथा नवनिर्माणका निम्ति सहायता जुटाउन आगामी असारमा यहाँ आयोजना हुन लागेको दाता सम्मेलनमा सहभागी हुन अनुरोध गरे ।

प्रधानमन्त्रीले विपद्का बेला भारतबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रतीक प्रधानले बताए । उनले भने, –“भूकम्पबाट भएको क्षति दातृ राष्ट्र र निकायलाई देखाउने उद्देश्यले दाता सम्मेलन नेपालमा नै आयोजना गरिएको जानकारी पनि प्रधानमन्त्रीले प्रधानमन्त्री मोदीलाई गराउनुभयो ।

सम्मेलनमा प्रधानमन्त्री मोदीको उपस्थिति अत्यन्त महत्वपूर्ण हुने त्यसमा सहभागी हुन प्रधानमन्त्री कोइरालाले गरेको आग्रहको प्रधानमन्त्री मोदीले सकारात्मक रुमपा लिएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै सल्लाहकार प्रधानले बताए । प्रधानमन्त्री मोदीले नेपाललाई हरसंभव सहयोग गर्न भारत सधै प्रतिबद्ध रहेको बताउँदै नेपालको सार्वभौमसत्ताप्रति भारतको उच्च सम्मान रहेको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस्: