बाल सञ्चार अभियान शुरु

nnnnबिर्तामोड ।  बालबालिकाको क्षेत्रमा काम गर्ने उदेश्यले झापामा संचार अभियान सुरु भएको छ । बिश्व बाल श्रम बिरुद्धको दिवसको अवसर पारी झापाली युवा संचारकर्मीहरु एक जुट भई बालबालिका हितका लागी युवा संचार अभियान सुरु गरेका हुन ।
अभियानको थालनी झापाको काकँरभिटाबाट सुरु गरिएको छ । सुक्रबार श्रम दिवसको अवसर पारेर युवा संचार अभियानले मेचीनगरका होटल,उद्योग , यातायत क्षेत्रमा कार्यरत बाल श्रमिकहरुको अवस्था बुझेको थियो ।
अवलोकन पछि टोलीले मेचीनगरको बाल श्रमको बारेमा मेचीनगर नगरपालिकाका कार्यकारी अधिकृत केशव भटराईलाई समेत जानकारी गराएको थियो । भटराईले यो अभियानको प्रशंसा गर्दै कमि कमजोरी औलाईदिएकोमा धन्याबाद दिएका थिए ।
अभियानमा मकालु टेलिभिजनका खगेन्द्र घिमिरे,खवरपाटि अनलाईनका सम्पादक प्रकाश पौडेल,एफ एम मेची ट्युन्सका नरेन्द्र ढकाल,पूर्वाञ्चल कर्मी शिशिर चम्लागाई ,पुस्कर गुरागाई,रेडियो भिजनका रुपेश अधिकारी र सञ्चारकर्मी नविन पौडेल र सञ्जिता पोखरेल रहेका छन् । यो अभियान आगमी दिनमा झापाका अन्य नगरपालिका साथै बिभिन्न गाबिस क्षेत्रमा समेत सञ्चालन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: