मलेसियन एयरलाइन्सको जहाज आकस्मिक अवतरण

malaकाठमाण्डौ । अष्ट्रेलियाको मेलबर्नमा मलेसियन एयरलाइन्सको जहाज आपतकालीन अवतरण गरेको छ । मेलबर्नबाट मलेसियाको राजधानी क्वालालम्पुरका लागि उडेको केही समयमै इन्जिनमा समस्या आएपछि जहाजलाई पुनः मेलबर्नमै फर्काएर आपतकालीन अवतरण गराइएको हो ।

त्यसअघि एयरबस ३३० जहाजले आकाशमा केहीबेर चक्कर लगाएको थियो । सो समयमा चालकले इन्जिनमा आगो लाग्ने संकेत देखिएको भनेर जानकारी गराएको अष्ट्रेलियन हवाई सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् ।

सो जहाजमा ३०० यात्रुहरु रहेको बताइएको छ । तर सबै सकुशल छन् । मलेसियन एयरलाइन्सले ट्वीट गरेर विमान ग्राउन्डेड भएको र अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्: