सुनसरीका एलडिओविरुद्ध अख्तियारमा उजुरी

0सुनसरी । बिकासका योजनामा हिनामिना गरेको भन्दै जिल्ला बिकास समिति सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारीबिरुद्ध अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा र केन्द्रिय कार्यालय काठमाण्डौमा उजुरी परेको छ ।

जय नेपाल देशभक्त नाम गरेका ब्याक्तिले राष्ट्र र देशवासीको नाममा शुक्रबार सुनसरीका स्थानीय बिकाश अधिकारी युवराज अधिकारी बिरुद्ध अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटा र केन्द्रिय कार्यालय काठमाण्डौमा उजुरी दिएका हुन् ।

अधिकारीले नातामा साढुभाई पर्ने कुमार निरौलालाई गैर कानुनी ढंगबाट जिविस अन्तरगत एचआइभी तथा स्वास्थ्य शाखाका प्रमुख बनाएर बिकासको बजेटमा मनोमानी गरी चरम लापवार्ही गरेको उजुरीमा उल्लेख गरीएको छ ।

अधिकारी बिरुद्ध अख्तियारमा मुद्धा परेको यो दोश्रो पटक हो । यस अघि ७१ मसिंर ३ गते बालुवा निकासीमा लाखौ अनियमितता गरेको शिर्षकमा इनरुवाका केही राजनीतिककर्मीहरुले अख्तियारको पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीमा उजुरी दिएका थिए भने अख्तियारले पनि सो मुद्धालाई बिशेष प्राथमिकतामा राखेर १६४४ नंमा दर्ता गरेको थियो ।

अधिकारीले जिल्लामा आएको बिकासको बजेट कुनै पनि राजनीतिकदलसंग समन्वयनै नगरी आफुखुसी योजना बनाई लाखौ रकम हिनामिना गरेको अख्तियारको उजुरीमा उल्लेख गरीएको छ । यता अधिकारी बिरुद्ध दोश्रो पटक उजुरी परेपछि पूरानो मुद्धा र अहिलेको मुद्धा एकै पाटो भएकोले छानविनमा सहज भएको बताउदै सो उजुरीको एक प्रति बोदार्थ स्थानीय बिकाश मन्त्रालयमा पनि बुझाइएको अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाका प्रमुख डुल्लुराज बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्: