११ ट्रक ब्ल्याङ्केट झापा र सुनसरीमा भेटियो

03काठमाण्डौं । बंगलादेशले भूकम्प पीडितका लागि पठाएका ११ ट्रक ब्ल्याङ्केट झापा र सुनसरीमा भेटिएको छ । ब्ल्याङ्केटको संख्या भने खुलाइएको छैन । वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टरस्केलको आमविनाशकारी भूकम्पपछि पीडितको लागि बंगलादेशले कूल ५९ हजार २ सय ७२ थान ब्ल्याङ्केट पठाएको थियो ।

पूर्वाञ्चल क्षेत्रीय प्रशासक सुरेशप्रकाश आचार्यले बंगलादेशले राहत स्वरुप पठाएका ब्ल्याङ्केट मध्ये अधिकांश झापाको काँकडभिट्टास्थित भन्सार कार्यालय र सुनसरीको विपत भण्डारण केन्द्रमा राखिएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: