एक प्रहरी जवानको मृत्यु १४ घाइते

08उदयपुर । उदयपुरमा भएको दुर्घटनामा एक प्रहरीको मृत्यु भएको छ भने १४ प्रहरी घाइते भएका छन् । दाउरा लिएर फर्कदै गरेको टिफर उदयपुरको साउने गाबिसमा दुर्घटना हुदा एक प्रहरी जवानको ज्यान गएको हो ।

सगरमाथा राजमार्गअन्र्तगत गाईघाट साउने सडकखण्डको साउने—२ जीतपुरमा शनिबार राती १० बजे उदयपुर सिमेन्ट उद्योगको स.१.घ.७ नम्वरको टिफर दुर्घटना हुँदा खोटाङ कुभिण्डे—८ घर भएका प्रहरी जवान सरोज राईको ज्यान गएको हो ।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक इन्द्रनायरायण साह, प्रहरी हवल्दारद्धय नगेन्द्र चौलागाई र राजन प्रधान, प्रहरी जवान नरायण परियार, एकराज राई र रामकुमार मगरसहित १४ प्रहरी घाइते भएको उदयपुर प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुङले बताए ।

घाइेते मध्ये प्रहरी जवान परियारको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य घाईते प्रहरी सहायक निरीक्षक साह, प्रहरी हवल्दार चौलगाई र प्रधान, प्रहरी जवान परियार, राई र मगरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र विराटनगरस्थित न्यूरो हस्पिटल पठाइएको छ भने अन्य घाईतेको जिल्ला अस्पतालमा उपचार भईरहेको एसपी गुरुङले बताए ।

उनीहरु सबै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट दाउरा काटनका लागि गएका थिए । साउने गाबिसको मनकामन सामुदायिक वन क्षेत्रमा दाउरा काटेर फर्कने क्रममा ओरालोमा टिफरको स्टिेरीङ फेल हुद दुर्घटना भएको प्रहरीले जनाएको छ । टिफरमा १५ प्रहरी सवार थिए ।

प्रतिक्रिया दिनुहोस्: