एमाले नेता माधव नेपालले असारभित्रै संविधान बन्ने दाबी गरे

makuneनवलपरासी । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले असार मसान्तभित्रै संविधान जारी हुने बताएका छन् । नवलपरासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता नेपालले संविधान जारी भएपछिमात्र सरकार परिवर्तन हुने बताउदै असार भित्रमा संबिधान बन्ने दाबी गरे ।

संविधान जारी भएपछि एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने भन्दै नेता नेपालले जनताको चाहाना अनुसारको संविधान बनाएर नयाँ सरकार गठन गरिने बताए ।
नवलपरासीको कावासोतीमा प्रेस चौतारी नेपाल नवलपरासीले गरेको पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले १६ बुदे सहमति प्रति असन्तुष्ट पक्षधरहरुको मतलाई पनि सम्मान गर्नु पर्ने बताए । नेपालले असन्तुष्ट पक्षधरलाई विश्वासमा लिनु पर्ने र त्यसका लागि छलफल बढाउनुमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्: