डोटीमा ट्रक र जिप ठोक्किदाँ ८ घाइते

04डोटी । डोटीको खिरसैन गाविस–३ सिरमामा ट्रक र जिप एक–आपसमा ठोक्किदाँ ८ जना घाइते भएका छन । जिल्ला सदरमुकाम सिलगढीबाट साझघाटका लागि छुटेको से १ ज २५५ नम्बरको जिप र अछामबाट धनगढीका लागि हिँडेको ना४ख ८४८८ नम्बरको ट्रक टोक्किएको हो ।

घाइते हुनेहरुमा राप्रपा नेपालका जिल्ला अध्यक्ष एवं खिरसैन–४ का ६० वर्षीय अंकबहादुर खड्का, खिरसैन–४ कै ९ वर्षीया चन्द्रा खड्का, सानागाउँ गाविसका वर्ष २० का नरपता खड्का, काँडामाडौं गाविस–६ का ३१ वर्षीय शंकर धानुक, सोही ठाउँकी २५ वर्षीया मनिसरा धानुक, दिपायल सिलगढी नगरपालीका–५ का ४५ वर्षीया देवी भण्डारी, सोही ठाउँमा १९ वर्षका सुरेस भण्डारी र बर्मतोला गाविस–३ बाजुराका मथुरा देवी सिंह घाइते भएका हुन ।

घाइतेमध्ये राप्रपा नेपालका डोटी जिल्ला अध्यक्ष खड्काको अवस्था गम्भिर रहेको छ । खड्काको टाउकोमा गम्भिर चोट लागेको छ । उनको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डम्मरबहादुर चन्दले बताए । अन्य घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भैरहेको जिल्ला अस्पतालका डाक्टर सुजित श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्: