माग पूरा नभए शैक्षिक हड्ताल गर्ने चेतावनी

07काठमाण्डौ । भूकम्पका कारण बन्द बनेका बिद्यालयमा एक महिनाको शिक्षण शुल्क मिनाहाको माग गर्दै विद्यार्थी संगठनहरुले आन्दोलनको घोषणा गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले शनिवार संयुक्त पत्रकार सम्मेलन मार्फत शैक्षिक हड्तालको समेत घोषणा गरेका हुन् ।

विद्यार्थी संगठनहरुले भूकम्पपछि पठन पाठन नभएको एक महिनाको अवधिको शुल्क नलिन निजी शिक्षण संस्थालाई आग्रह गर्दै आएका छन् । साथै भूकम्पमा अभिभावक गुमाएका बालवालिकालाई आवासीय सुबिधा सहित निःशुल्क शिक्षा दिनुपर्ने माग गरेका छन् ।

आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेका विद्यार्थी संगठनहरुले माग पूरा नभए शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष किशोर मल्ल, नेविसंघका अध्यक्ष रन्जित कर्ण, अखिल क्रान्तिकारीका अध्यक्ष रमेश मल्ल लगायत उपस्थित थिए । निजी शिक्षण संस्थाहरुले भने आधा महिनाको शूल्क मिनाह गर्न सकिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्: