शिलगुडी मेलामा तीनसय प्रकारका आँप

IMG_3405

प्रकाश उप्रेती/

शिलगढी । भारतको शिलगढीस्थित सिटी सेन्टरमा शुक्रबारबाट ‘चौथो गीताञ्जली आँप महोत्सव’ शुरु भएको छ । महोत्सव तीन दिनसम्म चल्ने र नेपाल, भुटान र बंगलादेशबाट समेत पर्यटकहरु सहभागी भएको काउन्सिलका अध्यक्ष सुप्रितम राज वशुले जानकारी दिए । महोत्सवमा तीन सय प्रकारका आँपहरु प्रदर्शन तथा विक्रीका लागि राखिएका छन् । महोत्सवको बरिष्ठ लेखक तथा पेन्टर राजन वलीले उद्घाटन गरेका थिए । मोडेला केयरटेकर सेन्टर स्कूलको मुख्य आयोजना रहेको महोत्सवमा हिमालयन ओरेन्ज टुरिजम काउन्सिल लगायत ४५ संस्थाले साझेदारी गरेका छन् ।

भारतमा १२ सय प्रजातिका आँप पाउने बताउँदै बशुले महोत्सवमा प्रति केजी १५ रुपैयाँदेखि बहुमूल्य आँपहरु राखिएको जानकारी दिए । नेपालबाट समेत ग्रीन जेनेरेशन बाहुनडाँगीकोतर्फबाट हस्तकलाका सामग्री समेतको स्टल राखिएको छ । विकाससँगै प्रकृति बचाउनुपर्ने सन्देश प्रवाह गर्न महोत्सव आयोजना गरिएको बताउँदै बशुले भने–‘आँपको रुपले एकातर्फ कार्वोनलाई सोसेर बढ्दो हरितगृह ग्यासका कारण पृथ्वीको जलवायु परिवर्तनमा हुने नकारात्मक प्रभाव रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ भने अर्कोतर्फ व्यवसायिक आप खेतीले आम्दानी समेत मनग्य गर्न सकिन्छ ।’ काउन्सिकाल महासचिव अर्जुन कार्कीले प्रकृति संरक्षण र ग्रामीण पर्यटनमा टेवा पु¥याउने चेतना प्रवाह गर्न महोत्सव आयोजना गरिएको र महोत्सवमा उत्साहजनक सहभागिता रहेको बताए ।

उनले महोत्सवबाट प्राकृतिक स्रोतको संरक्षण गर्दै दिगो जिविकोपार्जनका लागि सन्देश प्रवाह गर्ने समेत बताए । रवीन्द्रनाथ टैगेंरले गीताञ्जलि कृतिका लागि एशियामै पहिलो पटक नोबेल पुरस्कार पाएको एक सय बर्ष पूरा भएको स्मरणस्वरुप सन् २०१०बाट महोत्सवको नाम नै ‘गिताञ्जलि’ राखेर शुरु गरिएको बताइएको छ । यस बर्षको महोत्सवलाई आयोजकले अर्को सन्दर्भसँग पनि जोडेका छन् । त्यो हो– सय बर्ष पहिले अहिलेको भारतको नाम त्यो थिएन । विभिन्न खण्डमा मुलुक विभाजित थियो सिंगो भारतको राष्ट्रिय अवधारणा विकास गर्ने ज्योतिन्द्रनाथ मुखर्जी थिए । उनको त्यो अवधारणाले सार्थकता पाएको यो बर्ष सय बर्ष पुगेको सन्दर्भलाई आयोजकले महोत्सवसँग जोडेर उनको शालिक भएकै स्थलमा महोत्सव आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्: