सलमानपछि संजय दत्तले पनि छोडे फिल्म ‘शुद्धि’

13_06_2015-sanjayएजेन्सी । केही दिन अघि अभिनेता सलमान खानले करण जौहरको फिल्म ‘शुद्धि’ मा काम नगर्ने भएका थिए । अहिले सलमानका बिशेष साथी संजय दत्तले पनि ‘शुद्धि’ काम गर्न मना गरेका छन् । संजय दत्तले यस फिल्ममा नेगेटिव रोलमा काम गर्ने भएका थिए ।

संजय दत्त दिसेम्बरमा जेलबाट छुट्ने भएका छन् । यो भन्दा अघि संजय तुरुन्त फिल्मको सुटिङ्गमा ब्यस्त रहने छन् । एउटा अंग्रेजी न्यूजपेपरमा छापिएको समाचार अनुसार संजय दत्त जेलबाट बाहिर आएपछि तुरुन्त कुनै पनि नेगेटिव रोल गर्न चाहदैनन् । उनी जेलबाट छुट्ने बित्तिकै ‘ओएमजी ओह माई गड’ का डाइरेक्टर उमेश शुक्लाको नयाँ फिल्ममा हीरोको रोल गर्नेछन् ।

संजय दत्त चाहदैनन् कि जेलबाट छुटेपछि दर्शहरुको नजरमा उनको छवि एउटा खराव मानिसको होस् । करण जौहर यस समय को अफवाह भएको बताइएको छ । करणको भनाई छ ‘फिल्म शुद्धि’ मा जो नकारात्मक भुमिका छ, अहिलेसम्मकै बेस्ट नेगेटिव रोल हुनेछ । यस फिल्ममा संजय दत्तलाई हामीले नेगेटिव रोल अफर नै गरेको छैन ।

हामीले अहिलेसम्म यस भुमिकाको लागि केही फाइनल गरेका छैनौं ।’ संजय दत्त १९९३ मा मुम्बई ब्लास्टको बिषयमा ४२ महिनाको लागि जेलमा छन् । संजयकी पत्नी मान्यताले भनेकी छिन् उनी दिसेम्बरसम्ममा जेलबाट छुट्ने छन् ।

प्रतिक्रिया दिनुहोस्: