चक्कु प्रहारबाट राधिकाको मृत्यु

Campaigners Call For Tougher Knife Lawsकाठमाण्डौ । काठमाडौँको मनमैजुमा डेरा गरी बस्ने ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट शनिबार मृत्यु भएको छ । धादिङ छत्रेदेउराली–६ की राधिकालाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकीमा शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनामा संलग्न हरिहरलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको केन्द्रीय प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: