झापामा अखिल क्रान्तिकारीद्धारा बिद्यालय निर्माण कार्य जारी

बिर्तामोड । अखिल क्रान्तिकारी झापाले शनिवारबाट भद्रपुर उच्च माविको बिद्यालय निर्माण कार्यको सुरुवात गरेको छ । भद्रपुर उच्च माविको २ तले पुरानो भवन भूकम्पका कारण चर्किएपछी kअस्थाई टहरा निर्माण कार्य थालीएको क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य महेन्द्र भट्टराईले बताए ।

५ कोठाको सो टहरा १०४ फिट लम्बाइ, १८ फिट चौडाइको रहने जनाइएको छ । निर्माण कार्य यसै साता सकिने जिल्लाका पुर्व अध्यक्ष खगेन्द्र सुबेदीले बताए । यस अघि पनि क्रान्तिकारी झापाले दमकको दिपिनि निमाविमा २ कोठाको भवन निर्माण गरि हस्तान्तरण गरेको थियो । k1

प्रतिक्रिया दिनुहोस्: