तोकिएकै मितिमा महाधिवेशन गर्ने कांग्रेसको तयारी

03काठमाण्डौ । महाभुकम्पले उत्पन्न गरेको संकटले अन्यौल सिर्जना गरे पनि कांग्रेसको १३ औं महाधिवेशन तोकिएकै समयावधिभित्र गर्ने तयारी पार्टी केन्द्रीय कार्यसमितिले गरेको छ । नेताहरू महाधिवेशनको तयारीमा केन्द्रित नभएका कारण कार्यकर्तामा अधिवेशन हुनेरनहुने अन्यौल यथावत छ ।

पाँच बर्ष्भित्र केन्द्रीय पदाधिकारीहरूको निर्वाचन नगरे संवैधानिक प्रावधानअनुसार पार्टीनै अवैधानिक ठहर्न सक्ने जनाउदै नेताहरुले तोकिएको समयमा अधिवेशन हुने आश्वस्त पारेका छन् । संविधानमा पार्टीको महाधिवेशन पाँच वर्षको एकपटक हुनै पर्ने अनिवार्य व्यवस्था छ ।

कांग्रेसको महाधिवेशन गरेको आगामी भदौ २४ मा वर्ष पूरा हुँदैछ । असोज ५ भित्र महाधिवेशन सम्पन्न नभए कांग्रेस संविधानतस् अवैधानिक हुन पुग्नेछ । कांग्रेसले केन्द्रीय महाधिवेशन भदौ २४ देखि २८ सम्म राजधानीमा गर्ने तिथि तय गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: