पुनर्निर्माणमा सक्दो सघाउँछौं – चीन

04उजेन्सी । चीनका उपराष्ट्रपति लि युआन छाउले भूकम्पबाट ठूलो जनधनको क्षति भएको छिमेकी नेपाललाई पुनर्निर्माणका लागि सहयोग गर्न आफ्नो देश कहिल्यै पछि नहट्ने बताएका छन् । नेपालले पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन आगामी असार १० मा आयोजना गर्न लागेको दाता सम्मेलनमा चीनबाट उच्चस्तरीय सहभागिता रहने उल्लेख गर्दै छाउले प्राकृतिक प्रकोपको चपेटामा परेको नेपाललाई असल छिमेकीको नाताले आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विनाशकारी भुकम्प, त्यसपछि आएका पहिरोलगायतको समस्यासित जुधिरहेको नेपालका भूकम्पबाट क्षतिग्रस्त पुराना सम्पदा र धरोहरहरूलाई पुरानै ठाउँमा मौलिक स्वरूपमा पुनर्निर्माण गर्नसमेत चीन तयार रहेको बताए ।

कुनमिङमा शुक्रबारदेखि आरम्भ भएको पाँचदिने तेस्रो चीन दक्षिण एसिया व्यापार मेला र २३ औ कुनमिङ निर्यात तथा आयात मेलाको उद्घाटनपछि वाणिज्य तथा आपुर्ति मन्त्री सुनीलबहादुर थापासँगको दुईपक्षिय साइडलाइन भेटवार्ताका क्रममा उपराष्ट्रपतिले नेपालको पुनर्निर्माणमा आफ्नो सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: