‘पोर्न फिल्म’को छायांकन, जसको लागत नै ३४ करोड अमेरिकी डलर

02एजेन्सी । मानिसको दिमागमा पनि अनौठा अनौठा कुराहरु खेल्छन् । अहिलेम्म अन्तरिक्षमा मानिस त्यहाँको भौगोलिक अनुसन्धानका लागि जाने गर्दथ्यो तर अब एउटा अनौठो कामका लागि जाने भएको छ ।

त्यो अनौठो काम हो यौन सम्पर्क गर्ने काम । यो कुरा तपाईंलाई पत्यार नलाग्न सक्छ तर यो सत्य हो । तर, यसको उद्देश्य भने पोर्न फिल्म बनाउनु रहेको छ । अन्तरिक्षमा पुगेका जोडीले त्यहाँ यौन सम्पर्क गर्नेछन् र त्यसैलाई लिएर पोर्न फिल्म बनाइने भएको छ । यसका लागि अहिलेसम्म दुई पोर्नस्टार इवा लेविया र जोनी सिन्सलाई छनोट गरिसकेको बताएको छ ।

यसको पुरै योजना पोर्नहब नामक वेभसाइटले बनाएको छ । यसको लगानी पनि उसैले गर्ने भएको छ । ‘डेली मेल’ मा छापिएको खबरअनुसार सन् २०१६ मा त्यो जोडीलाई अन्तरिक्षमा पठाइने छ । पोर्नहबले उक्त फिल्म बनाउनुभन्दा पहिले सुटिङको खर्च उठाउने भएको छ ।

उसले यसका लागि ३४ लाख अमेरिकी डलर लाग्ने अनुमान गर्दै त्यो रकम जुटाउन लागि परेको छ । अहिलेसम्म अन्तरिक्ष गएका व्यक्तिले त्यहाँ यौनसम्पर्क नगरेको बताइएको छ ।01

प्रतिक्रिया दिनुहोस्: