लण्डन हेडक्वार्टरले सिके राउतलाई समर्थन गरेपछि ……

09काठमाण्डौ । अन्तर्रा्ष्ट्रिय सचिवालयले सिके राउतलाई समर्थन गरेको भन्दै एम्नेष्टि ईन्टरनेशनल नेपालका आठ पदाधिकारीले राजिनामा दिएका छन् । आईतवार एक विज्ञप्ती जारी गर्दै उनिहरुले राजीनामाको घोषणा गरेका हुन् ।

यसरी एम्नेष्टि ईन्टरनेशनको नेपालको कार्यसमितीबाट बाहिरीनेहरुमा उपाध्यक्ष प्रताप पौडेल, महासचिव डिक प्रसाद घिमीरे,कोषध्यक्ष प्रविन अग्रवाल,सदस्यहरु अर्जुन अधिकारी, पद्यिनी थापा,मञ्जु देवी अर्याल,शेषकुमार निरौला र हेरम्बदेव भट्टराई रहेका छन् ।

गत बैशाख ३ र ४ गते एम्नेष्टि ईन्टरनेशनल नेपालको राष्ट्रिय कार्यसमितीको बैठकले नेपालका दुईवटा संवेदनशील विषयमा अन्तर्रा्ष्ट्रिय सचिवालयले लिएको नितीका बारे ध्यानाकर्षण गरेपनि यसबारे सचिवालय मौन बसेको थियो ।

एम्नष्टि छाडेका पदाधिकारीहरुका अनुसार नन्दप्रसाद अधिकारीको मृत्युको सन्दर्भमा एम्नेष्टि सचिवालय मौन रहेको थियो भने सशस्त्र विद्रोहको आह्वान सहित अलग मधेश अभियानमा लागेका सिके राउतको रिहाईका लागी एम्नेष्टिको अन्तर्रा्ष्ट्रिय सचिवालयले चासो दिएको थियो ।

पहिलो पटक गत सेप्टेम्बरमा राउतको रिहाईको चासो देखाएको एम्नेष्टिले गएको अक्टोबरमा विज्ञप्ति प्रकाशन गरेको थियो भने पुनः डिसेम्बरमा सार्वजनिक रुपमै चासो राखेको थियो । सचिवालयको यस्तो क्रियाकलापले एम्नेष्टिको छवि नेपालमा नकारात्मक बन्दै गएको र त्यसमा आवद्ध सदस्यहरुको सुरक्षामा समेत आघात पर्न गएकाले राजीनामा दिनुपरेको बताईएको छ ।

राउतको बारेमा एम्नेष्टिको लण्डन हेडक्वार्टरले लिएको नीति र चासोका बारे नेपालमा विभिन्न नकारात्मक टिप्पणीहरु हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्: