विष्ट परिवारबाट इलाममा पैंतालीस लाखको जग्गादान

03इलाम । इलाम नगरपालिकाका विष्ट परिवारले आफ्ना स्वर्गीय बाबुको स्मृतिमा यातायात व्यवस्था सेवा कार्यालयलाई करिब ४५ लाख मूल्य पर्ने जग्गा दान दिएका छन् । पूर्व वडाध्यक्षसमेत रहनुभएका प्रेमबहादुर विष्टको स्मृतिमा कार्यालयलाई जग्गा दान दिएको विष्टका कान्छा छोरा रविनले बताए ।

इलाम नगरपालिका–४ मा निर्माणाधीन बसपार्क छेउमा विष्ट परिवारले डेढ रोपनी जग्गा कार्यालयलाई उपलब्ध गराएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख अनोज घिमिरेले बताए । प्राप्त जग्गामा आगामी साउनदेखि भवन निर्माणको पहल सुरु गरिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: