’संविधान रोक्न चौतर्फी खेल हुन सक्छ’

04काठमाण्डौ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने दिशामा रहेकाले यसलाई रोक्न चौतर्फी खेल हुन सक्ने बताएका छन् । पार्टी मुख्यालय पेरिस डाँडामा शनिबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संविधान रोक्न खोज्ने त्यस्ता चलखेलप्रति सचेत रही चिरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

एमाओवादी बैठकले एक महिनाभित्र संविधान जारी गर्न सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको जानकारी प्रवक्ता दीनानाथ शर्माले दिए । बैठकको सुरुमा अध्यक्ष दाहालले संविधान निर्माणका सम्बन्धमा प्रमुख दलहरूबीच भएको १६ बुँदे सहमति सकारात्मक रहेको भन्दै ब्रिफिङ गरेका थिए ।

दाहालले समावेशी लोकतन्त्र संस्थागत गर्न सहमतिले ठूलो योगदान दिने बताएका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: