अर्नाको आक्रमणबाट १ को मृत्यु ३ घाइते

01बिर्तामोड । झापाको बिर्तामोेडमा सोमबार बिहान आर्नाको आक्रमणबाट एकको मृत्यु भएको छ । बिर्तामोड नगरपालीका–९ शैनिकमोडका १८ बर्षिय गोलु सतारको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो ।

बिहान ६ बजे पुर्वतिरबाट आएको १ वटा अर्नाले गरेको आक्रमणमा परी बिर्तामोड –९ बस्ने ३० बर्षिया पुर्णिमा राजवंशी गम्भिर घाईते भएकी छन् । उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

त्यस्तै सोही अर्नाको आक्रमणमा परी घाइते भएका बिर्तामोड –९ बस्ने बर्ष ५८ का केरकेरु राजवंशी र बर्ष ६० की ललीता राजवंशीको बिएण्डसी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । अर्ना यतिबेला दक्षिण गोलधापतिर लागेको स्थानीय अदिप राइले बाएका छन् ।

प्रतिक्रिया दिनुहोस्: