चाँदी सहित भारतीय नागरीक पक्राऊ

महोत्तरी । प्रहरीले सोमबार चाँदी सहित महोत्तरीको गौशाला नगरपालिका ८ बाट एक भारतीय नागरिकलाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा भारत बिहारको सितामढी जिल्लाको मुजेलिया १६ बस्ने ४१ वर्षीय सुनिल सोनी रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।011

नेपालबाट अवैध रुपमा भारततर्फ चाँदी तस्करी गर्न लागेको सोनीलाई ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी नायब निरीक्षक रामबाबु राय यादवको नेतृत्वमा खटिगएको प्रहरी टोलीले गौशाला ८ स्थित मरहा पुलमा शंका लागि चेकजाँच गर्दा उनको साथबाट २ किलो चाँदी बरामद भएको प्रहरी निरीक्षक मच्छिन्द्र केसीले बताए ।

चाँदी सहित पक्राऊ परेका भारतीय नागरीक सोनीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्: