नग्न तस्बिर खिचाउने पर्यटक बेलायत फर्किन्

01एजेन्सी । मलेसियाको धार्मिक हिमालमा नग्न तस्बिर खिचाउने कार्यका लागि कारवाहीमा परेकी एलिनर हकिन्स बेलायत फर्केकी छन् र यस्तो कार्य गरेकोमा मलेसियाली जनतासँग माफी मागेकी छन् ।

मलेसियाको सबाह राज्यमा उनलाई तीन दिनसम्म कारागारमा राखिएको थियो र उनले पछि आफ्नो कार्य गलत भएको आफूलाई थाहा भएको बताएकी छन् । उनले आफूलाई आफ्नो व्यवहार मुख्र्याइँपूर्ण रहेको थाहा भएको र आफूले सबाहका स्थानीय जनताप्रति अपराध गरेको थाहा भएको बताइन् ।

उनले यसका लागि आफू दुःखी भएको उल्लेख गरिन् । मलेसियाको किनाबालु हिमालमा तस्बिर खिच्न आफ्नो कपडा खोल्ने चार विदेशीमध्ये हकिन्स पनि एक थिइन् । तेइस वर्षीया एलिनरले लन्डनको उत्तरमा अवस्थित ड्रेकटस्थित आफ्नो घरमा एक विज्ञप्ति पढ्दा निकै दुःखी देखिएको बताइएको छ । उनले आफू घर आइपुग्दा राहतको महसुस गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्: