यूएईका सेक्यरिटी मजदुरहरूले सवा लाख सहयोग पठाए

02यूएई । यूएईमा रहेका नेपाली सेक्युरिटी मजदुरहरुले भूकम्प पीडित नेपालीहरूका लागि झन्डै सवा लाख सहयोग पठाएका छन् । नेपाली सेक्युरिटी समाजमा अवद्ध विभिन्न सेक्युरिटी कम्पनीमा कार्यरत नेपालीहरुले अफ्नो अम्दानीबाट कटाएर राहत संकलन गरेका हुन् ।

भूकम्पपीडितको राहतको लागि तेज राई, प्रकाश सिग्देल, सुमन अधिकारी, कमला मोते, उमेश कर्ण, चिरन्जीवी पौडेल, रोमन मिश्र लगायतको बिशेष पहलमा राहत संकलन गरी नेपाली रकम एक लाख १३ हजार चार सय २० रूपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाईएको प्रकाश सिग्देलले जानकारी दिए ।

नेपाली सेक्युरिटी समाजले गएको अप्रिल २९ तारिखका दिन अबु धावी बनियासमा महाभूकम्प ज्यान गुमाएकाहरुको शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेको थियो । सेक्युरिटी समाजले पहिलेदेखि नै युएईमा हुने हरेक घटनामा (मिर्गौला पीडित, बाढीपीडित, युएईमा ज्यान गुमाएका) सहयोगी हात बढाउदै आईरहेको सिग्देलले बताए ।

प्रतिक्रिया दिनुहोस्: