सवारी दुर्घटनामा ४ को मृत्यु

02काठमाण्डौ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्सा र कन्चनपुरमा सोमबार विहान भएका दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पर्साको बिरगञ्ज उपमहानगरपालिका १० घण्टाघरमा ना २ ख १४२६ नम्वरको बस सोमबार विहान पल्टिँदा बसका सहचालक २१ वर्षीय निकेश साहको मृत्यु भएको छ । बसले च्यापिएर घाइते भएका उनको उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगञ्ज लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कन्चनपुरको देखतभुली ४ मा स १ त २९ नम्वरको ट्याक्टर सोमबार विहान अनियन्त्रित भएर पल्टदा चालक बेलौरी नगरपालिका ९ पौलाहा बस्ने ४६ वर्षीय फुलचन रानाको मृत्यु भएको छ ।
यस्तै काठमाडौंको टोखा नगरपालिका ६ भुतखेलस्थित सडकमा बा.४३ प ८५६८ नम्वरको स्कुटर आइतबार राति अनियन्त्रित भइ दुर्घटना हुँदा चालक तारकेश्वर नगरपालिका १ बस्ने २१ वर्षीय विकाश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका ८ स्थित सडक बिभाग कार्यालय अगाडी लु १ च ३८२८ नम्वरको पिकअप भ्यानले आइतबार राति ठक्कर दिँदा अन्दाजी ३२ वर्षीया महिलाको मृत्यु भएको छ । उनको सनाखत भएको छैन ।

यसैगरी पाल्पा दोभान १ लग्दुवा स्थित झुम्सा मरेक भित्री कच्ची सडकखण्डमा लु १ ख ८९९८ नम्वरको टिपर आइतबार सडकबाट २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक नवलपरासी सुनवल बस्ने २९ वर्षीय तिलबहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: