अमेरिकी कारबाहीमा अलकायदा उपप्रमुख मारिए

011काठमाडौं । अन्तराष्ट्रिय आतंकवादी संगठन अल कायदाका उप–प्रमुख नासिर अल वुहाएसी अमेरिकी कारबाहिमा मारिएका छन् । अल कायदाले मंगलबार भिडियो मार्फत दोस्रो तहका नेता नासिर गत शुक्रबार अमेरिकी बम हमलामा मारिएको पुष्टी गरेको छ ।

उनले अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका नीजी सचिवको रुपमा समेत काम गरेका थिए । यमनमा गएको शुक्रबार अमेरिकी सेनाले गरेको हवाइ आक्रमणमा उनी मारिएका हुन् ।
अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनले भने यसबारे केही बताएको छैन। उनको स्थानमा अलकायदाले पूर्व सैन्य प्रमुख कासिम अल रायमीलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: