एभिन्युज र हिमालय टेलिभिजनमा तलब माग्दै महासंघको धर्ना

0111काठमाण्डौ । पारिश्रमिक माग्दै एभिन्युज र हिमालय टेलिभिजनमा पत्रकारहरु धर्ना बसेका छन् । महासंघ केन्द्रिय अध्यक्ष महेन्द्र बिष्टकै नेतृत्वमा दुवै टेलिभिजन च्यानलमा मंगलबार पत्रकारहरु धर्ना बसेका हुन् ।

लामो समयसम्म पत्रकारहरुलाई पारिश्रमिक नदिने सञ्चारमाध्यम विरुद्ध आन्दोलन गर्ने केन्द्रिय समितिको निर्णय अनुसार नै महासंघ आन्दोलनमा उत्रिएको हो । मंगलबार हिमालय टिभी र एभिन्युज टेलिभिजनमा दुई घण्टा धर्ना दिइएकोझ अध्यक्ष बिष्टले सेतोपाटीलाई जानकारी दिए ।

लामो समय तलब नदिने, न्युनतम पारिश्रमिक लागु नगर्ने र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृह विरुद्ध क्रमशस् आन्दोदन गर्दै जाने उनले बताए । धर्नामा महासंघलाई प्रेस चौतारी, नेपाल प्रेस युनियन, क्रान्तिकारी पत्रकार संघ, नेपाल आर्थिक पत्रकार समाज लगायतले साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्: