गउरको आक्रमणबाट १ को मृत्यु, गउरलाई गोलीे

05बिर्तामोड । झापाको बिर्तामोेडमा सोमबार बिहान गउरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालीका–९ सैनिकमोडका १८ बर्षिय गोलु सतारको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ६ बजे पुर्वतिरबाट आएको गउरले गरेको आक्रमणमा परी बिर्तामोड –९ कि ३० बर्षिया पुर्णिमा राजवंशी गम्भिर घाईते भएकी छन् । उनको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । त्यस्तै सोही गउरको आक्रमणमा परी घाइते भएका बिर्तामोड –९ का ५८ बर्षिय केरकेरु राजवंशी र बर्ष ६० कि ललीता राजवंशीको पनि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आक्रमण गरे पश्चात सो गउर बिर्तामोड– ९ बिराटपोखरमा रहेको चियाबगानमा दिनभरी बसेको थियो । नेपाल प्रहरी, शसस्त्र बन रक्षक र शसस्त्र प्रहरीले दिनभर गउर भएको स्थानमा सुरक्षा गरेको थियो । गउरलाई अर्ना भन्दै हेर्नका लागी दिनभर हजारौ स्थानीयको भिड लागेको थियो ।

यो भारतका बिभिन्न जंगलमा प्रशस्तै पाइने जिल्ला बन कार्यालयका प्रमुख इन्द्रमणी भण्डारीले जानकारी दिए । एक महिना अघि बाहुण्डागीको जंगलमा आएर बसेको छ भन्ने आफुले सुनेको बताउदै भण्डारीले सोही गउर यता आएको हुनसक्ने बताए ।

गउरलाई बेहोस बनाएर निकुञ्जमा लगी छोड्नका लागि चितवनबाट प्राविधिक हिडेको भनिए पनि साझसम्म घटना स्थलमा आइनपुगेको प्रहरी इन्पेक्टर नारायण प्रसाद गौतमले बताए । उनले मार्ने आदेश नआएसम्म प्राविधिकको प्रतिक्षा गर्दै सुरक्षा प्रदान गर्दै बस्नुको बिकल्प नरहेको बताए ।

बन कार्यालयका प्रमुख भण्डारीका अनुसार लगभग २५ बर्ष अगाढी झापाका चारकोसे झाडीमा प्रसस्तै पाइने गउर पछिल्लो समयमा लोप भएको छ । बिर्तामोडमा फेला परेको गउर भारतका जंगलमा यथेष्ट पाइने भएकाले त्यतैबाट आएको हुनसक्ने अनुमान उनले गरे ।

गउरको आक्रमणमा परि ज्यान नै गएपछि आक्रमणको भयका कारण स्थानीय त्रसित बनेका थिए । सोमवार साझ गउरले पुनः गाउँ प्रवेश गरि एक बालकलाई आक्रमण गरेपछि प्रहरीले गउरलाई गोली प्रहार गरि मारेको छ । मृत गउरलाई जिल्ला बन कार्यालय लगिएको प्रहरीले जनाएको छ । प्रहरीले गउरलाई मार्न १ राउण्ड गोली चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्: