ट्रिपरमा च्यापिएर एकको मृत्यु

triparविराटनगर । मोरङको केरावारी २ मा संचालित शिबम् क्रसर उद्योगको ट्रिपरमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । ना ३ ख २२६८ नम्वरको ट्रिपरका सहचालक सुनसरी इनरुवा १ वस्ने २१ वर्षीय सखिर आलमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

हाइड्रोलिक विग्रिएको सो ट्रिपरको पछाडि पट्टिको डाला उठाएर मर्मत गर्ने क्रममा हाइड्रोलिक खुस्किँदा ट्रिपरको डालाले थिचिएर आलमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: