नेपालको राष्ट्रिय झण्डाको साथमा रोनाल्डो

02काठमाण्डौ । नेपालको विनाशकारी भूकम्पपछि ‘रोनाल्डो प्रकरण’ ले केही समय मिडिया निकै तताएको थियो । नेपालका मात्र होइन विदेशी मिडियासमेत यसमा मुछिएका थिए । शुरुमा रोनाल्डोले नेपालका लागि यति रुपैयाँ सहयोग गरेभन्दै मिडियामा चर्चा कमायो तर, पछि उक्त समाचार झुठो भएको खण्डन आएपछि विवाद समेत भएको थियो ।

उनले रकम सहयोग गरे पनि नगरे पनि नेपालका भूकम्पपीडितका लागि सहयोग रकम जुटाउन भने उनी शुरुवातदेखि लागिरहेका थिए । सोमबार मात्र उनले पुनः नेपाल र पोर्चुगलको झण्डासहितको तस्विर आफ्नो अफिसियल फेसबुकमा सेयर गर्दै नेपाली जनताको लागि सद्भाव प्रकट गरेका छन् । उनले लेखेका छन् ‘नेपाली जनताका लागि सकारात्मक विचार, नेपाल र पोर्चुगलसँगै ।

प्रतिक्रिया दिनुहोस्: