पुर्वमा लागुऔषधसहित चार युवक पक्राउ

04काठमाण्डौ । प्रहरीले उदयपुरको बेल्टारबसाहा र सुनसरीको धरानबाट लागुऔषध सहित चार जना युवकलाई पक्राउ गरेको छ । बेल्टारबसाहा –३ स्थित वेली चोकबाट बेल्टारबसाहा नगरपालिका –२ का २७ वर्षिय साजन राई र २० वर्षिय शरण श्रेष्ठ पक्राउ परेका हुन ।

प्रहरीले उनीहरुका साथबाट एउटा मोटरसाइकल, लागु औषध इन्जेक्सन एभिल ११ एम्पुल, डाइजोपाम १३ एम्पुल र टेलीजेसिक १५ एम्पुल बरामद गरेको छ । त्यस्तै धरानको तीनकुनेमा प्रहरीले लागु औषध इन्जेक्सन एभिल, डाइजेल्याब र नोरफिल १५÷१५ एम्पुलसंगै धरान ११ का २२ वर्षिय सन्तोष विश्वकर्मा र १७ वर्षिय बिनय विश्वकर्मालाई पक्राउ गरेको छ ।

पक्राउ परेका चारजनालाई आवश्यक अनुसन्धान र कार्वाहीको लागी इलाका प्रहरी कार्यालय धरानमा राखीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: